टोटेन्हाममा एलेक्स मोर्गानको डेब्यु

  • 131
    Shares

प्रज्जवल थापा । चर्तित अमेरिकी महिला फूटबल खेलाडी एलेक्स मोर्गानले इङ्लिस फूटबलमा डेब्यु गरेकी छिन् । शनिबार भएको खेलमा मोर्गानले टोटेन्हामको जर्सिमा पहिलो खेल खेलेकी हुन् ।

३१ वर्षिय फर्वार्ड मोर्गानले रिडिङ एफसीविरुद्ध ७० औँ मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिर्दै टोटेन्हामको महिला टिमका लागि डेब्यु गरेकी हुन् । उनलाई टोटेन्हामले सेप्टेम्बरमा क्लबमा भित्र्याएको थियो । यसअघि उनले अमेरिकी क्लब ओर्लान्डो प्रिडको लागि खेलेकी थिइन् । गतवर्ष अमेरिकाले विश्वकप जित्दा उनी टोलीको प्रमुख खेलाडी थिइन् । मोर्गानले अमेरिकाको लागि दुई विश्वकप जित्दै ९३ खेलमा ५८ गोल गरिसकेकी छिन् ।


  • 131
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *