डर्टमण्डमाथी बार्यन म्युनिखको जित

  • 2
    Shares

प्रज्जवल थापा । जर्मन फूटबलका दुई महारथी क्लब डर्टमण्ड र बार्यन म्युनिखबिच भएको खेलमा बार्यन विजयी भएको छ । बुन्डेसलिगा अन्तर्गत भएको खेलमा बार्यनले डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

सिग्नल इडुना पार्कमा भएको खेलमा बार्यनको जितमा रोबर्ट लेवान्डोस्की, डेभिड अलबा र लोरी सानेले एक-एक गोल गरे । डर्टमण्डको लागि मार्को रेउस र इर्लिङ हल्यान्डले गरेको गोल सान्त्वना बन्यो । खेलमा डर्टमण्डले ४५ औँ मिनेटमा राफियल गुरेरोको पासमा मार्को रिउसले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए ।

तर त्यस्को चार मिनेटपछि मुलरको पासमा डेभिड अलबाले गोल गर्दै बार्यनलाई बराबरीमा ल्याए । दोस्रो हाफको शुरुवातमै लुकास हर्नान्डेजको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाए । ८० औँ मिनेटमा लेवान्डोस्कीको पासमा सानेले गोल गर्दै बार्यनलाई खेलमा ३-१ गोलको अग्रता दिलाए ।

८३ औँ मिनेटमा गुरेरोको पासमा हल्यान्डले गोल गरेपनी डर्टमण्डलाई हारबाट जोगाउन सकेनन् । जितसँगै बार्यन ७ खेलमा १८ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ । डर्टमण्ड ७ खेलमा १५ अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *