घोडाबाट लडेर घाइते भएका मुख्यमन्त्री शाहीको हेलिकप्टरबाट उद्दार

  • 6
    Shares

सिमकोट । शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नम्बर ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन् ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेपछि घोडाबाट लडेर उनी घाइते भएका हुन् ।

मुख्यमन्त्री शाही चढेको घोडा तर्सिदा लडेर घाइतेभएका नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए । मुख्यमन्त्री शाहीलाई अहिले सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ ।

मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षीदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । ।


  • 6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *