ट्राफिक प्रहरी महाशाखाको ‘सांगीतिक डमी अभियान’ सुरु

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ । मसर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउन महाशाखाले उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु गरेको हो ।

अभियानअन्तर्गत उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियम सम्बन्धि विभिन्न गीतहरु बजाएर ट्राफिक नियमको बारेमा जानकारी दिइनेछ । ट्राफिक नियमबारे नागरिकलाई सुसुचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए ।

पहिलो चरणमा काठमाडौं उपत्यकामा रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ ।

अभियानबाट प्रतिदिन तीन हजार र एक महिनामा तीन लाखलाई ट्राफिक नियम सम्बन्धि सचेतना जगाउने लक्ष्य ट्राफिक प्रहरीले लिएको छ । अहिले एक जना ट्राफिक प्रहरीले प्रतिदिन ११ सय सवारी हेर्नुपर्ने बाध्यता छ । करिब १२ लाख सवारी रहेको उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि १५ सय ट्राफिक प्रहरी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *