प्रधानमन्त्रीलाई भेट्न नेकपाका शीर्ष नेताहरु बालुवाटारमा

  • 1
    Share

काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक रुपमा सचिवालय बैठक आह्वानका लागि मनाउन नेकपाका बहुमत सचिवालय सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार बसेको पार्टीको अनौपचारिक सचिवालय बैठकको निर्णय अनुसार उनीहरु प्रधानमन्त्रीलाई मनाउन बालुवाटार पुगेका हुन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका हुन् । उनीहरु अर्का अध्यक्ष ओलीलाई बैठकका लागि मनाउन लिखित पत्रसहित भेट्न बालुवाटार पुगेका छन् ।

शुक्रबार पार्टी मुख्यालय यिनै सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक बसेको थियो । बैठकले अर्का अध्यक्ष ओलीलाई भेटेर सामूहिक आग्रह गर्ने सहमति भएको थियो । त्यसैअनुसार उनी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । शुक्रबारको अनौपचारिक बैठकमा अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिएनन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *