नेकपाका नेताहरुले औपचारिक बैठकका लागि प्रधानमन्त्री ओलीलाई सामूहिक रुपमा आग्रह गर्ने

  • 86
    Shares

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय सदस्यहरुले औपचारिक बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा आग्रह गर्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयको अनौपचारिक बैठकले औपचारिक रुपमा बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले पाँचैजना सचिवालय सदस्य बालुवाटार गएर बैठकका लागि आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार अध्यक्ष ओलीले आफ्नो सहमति बिना कुनै पनि बैठक राखेर निर्णय गरेमा त्यो नै फुटको बिन्दु हुने चेतावनी दिएको जानकारी गराएका थिए ।

त्यसपछि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीको ओलीकै सहमतिमा अनौपचारिक बैठक राखेका थिए । अनौपचारिक बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । प्रधानमन्त्री ओली, ईश्वर पोखरेल, रामबहादुर थापा र महाचिव विष्णुप्रसाद पौडेल भने उपस्थित भएका थिएनन् । कार्य व्यस्तताका कारण उहाँहरु बैठकमा उपस्थित हुन नसकेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।


  • 86
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *