सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन ९७ हजार २०० रुपैयाँमा कारोवार भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार ९५ हजार ७०० मा कारोवार भएकोमा आज एक हजारले वृद्धि भई ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *