प्रधानमन्त्री र भारतीय सेनाध्यक्ष भेटवार्ताः दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार दिउँसो भएको भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको र दुई देशका सेनाप्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । तीन दिने नेपाल भ्रमणका लागि बुधबार आएका नरवणेलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *