रोमाको फराकिलो जित

प्रज्ज्वल थापा । इटालियन क्लब रोमाले युरोपा लिगमा फराकिलो जित निकालेको छ । बिहिबार राती भएको खेलमा रोमाले सिएफआर क्लुजलाई ५-० गोल अन्तरले हराएको हो ।

स्टेडियो ओलम्पिकोमा भएको खेलमा रोमाको जितमा बोर्जा मायोरलले दुई, रोजेर इबानेज, हन्रिक मिखितरियान र पेड्रो रोड्रिग्वेजले एक-एक गोल गरे । खेलको दोस्रो मिनेटमै लियोलार्डो स्पेनज्जोलाको पासमा मिखितरियानले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । २४ औँ मिनेटमा जोर्डानको पास्मा रोजेर इबानेजले गोल गर्दै रोमाको अग्रता दोब्बर बनाए ।

३४ औँ मिनेटमा ब्रुनो पेरेसको पासमा बोर्जा मायोरलले गोल गर्दै रोमालाई फराकिलो जिततर्फ अग्रसर गराए । ८४ औँ मिनेटमा बोर्जा मायोरलले व्यक्तिगत दोस्रो गोल गर्दै रोमाको अग्रता ४-० बनाए । ८९ औँ मिनेटमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै रोमालाई ५-० गोलको फराकिलो जित दिलाए ।

जितसँगै रोमा ३ खेलमा ७ अङ्क जोड्दै तालिकाको शिर्ष स्थानमा छ । क्लुज ३ खेलमा ४ अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *