आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न डा. केसीद्वारा सरकारको ध्यानाकर्षण

  • 4
    Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वय गरी चिकित्सा क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

डा. केसीले आफूसँग सरकारले पछिल्लो पटक सम्झौता गरेको एक महिना पुग्नै लागेको भन्दै सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने भएको जानकारी दिँदै काम शुरु गरिहाल्नु पर्ने सम्झौता कार्यान्वयनको प्रक्रियाबारे सरकारलाई दवाव दिन सञ्चारमाध्यमहरुलाई आग्रह समेत गरेका छन् ।

सरकारले यसअघि पनि बारम्बार सम्झौता विपरीतका काम गरेकाले सरकारलाई निरन्तर खबरदारी गर्नुपरेको डा. केसीले बताए । उनले नागरिक समाज, बुद्धिजीवीलगायत आमनागरिकहरुको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकार आफूसँग सम्झौता गर्न बाध्य भएको बताए । सरकारले गरेको सम्झौता कार्यन्वयन गराउन सरकारलाई खबरदारी गर्न सबैलाई केसीले अपील गरेका छन् ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *