भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान

काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ । गरिएको छ । बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलसेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन् ।

नेपाल र भारतबीच सेनापतिले एक अर्को देशको मानार्थ सेनापतिको उपाधि ग्रहण गर्ने प्रचलन रहेको छ । सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता समेत भएको थियो । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *