रियल म्याड्रिडलाई इन्टर मिलानको चुनौती

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगअन्तर्गत आज हुने खेलमा इन्टर मिलानले रियल म्याड्रिडलाई चुनौती पेस गर्दैछ । खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुँदैछ ।

एल्फ्रेडो डि स्टेफेनोमा हुने खेल जित्दै रियल म्याड्रिड प्रतियोगितामा पहिलो जित दर्ता गर्न चाहन्छ । म्याड्रिड लिगको पहिलो खेकमा शात्खर डोनेटक्ससित ३-२ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा बोरुसिया मोन्चेनग्लाडबाकसँग २-२ गोलको बराबरी खेलेको थियो । प्रतियोगिताको सार्वधिक सफल टोली म्याड्रिड हाल २ खेलमा एक अङ्क जोड्दै अङ्क तालिकाको पुछारमा छ ।

इन्टर मिलान पनि रियल म्याड्रिडलाई हराउदै पहिलो जित निकाल्ने कोशिसमा हुनेछ । मिलानले प्रतियोगिता जित निकाल्न सकेको छैन । पछिल्लो दुवै खेलमा मिलान बराबरीमा रोकिएको थियो । त्यसैलेपनि आज हुने खेल दुवै टोलीको लागि महत्वपूर्ण छ ।

म्याड्रिड हजार्डको पुनरागमनले थप बलियो देखिको छ । बोरुसिया मोन्चेनग्लाडबाकविरुद्धको खेलमा उनकाे आगमनसँगै म्याड्रिडले दुई गोल गर्दै खेलमा बराबरी गरेको थियो । स्पेनिस लिग अन्तर्गत शनिबारको खेलमा सुरुवात गर्दै हजार्डले सुन्दर गोल गरेका थिए । त्यसैलेपनि इन्टरको लागि उनी टाउको दुखाइ बन्न सक्छन् ।

इन्टरका मुख्य फरवार्ड रोमेलु लुकाकु भने चोटका कारण मैदान बाहिर छन् । त्यसैले इन्टरलाई केही असर पर्न सक्छ । दुवै टोलीले अहिलेसम्म जितबिहिन रहेको कारणलेपनी खेल रोमाञ्चक हुने सबैले अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *