रोमाञ्चक खेलमा साउथह्याप्टन विजयी 

प्रज्जवल थापा । इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार बेलुकी भएको रोमाञ्चक खेलमा साउथह्यापट विजयी भएको छ । साउथह्याप्टनले एन्टन भिल्लालाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

भिल्ला पार्कमा भएको खेलमा साउथह्याप्टनलाई जित दिलाउन जेम्स वार्ड प्रोसेले दुई, जान्निक भेस्टेर्गार्ड र ड्यानी इङ्सले एक-एक गोल गरे । भिल्लाको लागि टय्रोन मिङ्स, वाट्किन्स र ज्याक ग्रेलिशले समान एक गोल गरे । खेलको २० औँ मिनेटमा प्रोसेको पासमा जान्निक भेस्टेगार्डले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

३३ औँ मिनेटमा जेम्स वार्ड प्रोसेले गोल गर्दै साउथह्याप्टनको अग्रता दोब्बर बनाए । दोस्रो हाफको पहिको मिनेटमै गोल प्रोसेले व्यक्तिगत गोल गर्दै पाहुना टोलीलाई ३-० को अग्रता दिलाए । ५८ औँ मिनेटमा स्टवार्ट आर्मस्ट्रोङको पासमा ड्यानी इङ्सले गोल गर्दा साउथह्याप्टन सहज जित तर्फ अगाडी बढेको थियो । तर बाँकी समयमा भिल्लाले तिन गोल गरेपनि हार टार्न सकेन ।

६२ औँ मिनेटमा ग्रेलिशको पासमा मिङ्सले गोल गर्दै भिल्लालाई खेलमा फर्काउने प्रयास गरे । थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा वाट्किङ्सले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई ४-२ को स्थितिमा ल्याए । यस्तै अतिरिक्त समयको अन्तिम मिनेटमा ज्याक ग्रेलिशले गोल गरेपनी एस्टन भिल्लालाई हारबाट जोगाउन सकेनन् ।

जितसँगै साउथह्याप्टन ७ खेलमा १३ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । एस्टन भिल्ला ६ खेलमा १२ अङ्क जोड्दै सातौँ स्थामा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *