आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै छन् । खेल नेपाली समय अनुसार राती १०:१५ बजे शुरु हुनेछ ।

ओल्ड ट्राफोर्डमा हुने खेलमा दुवै टोली जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छन् । इङलिस फूटबलका दुई ठुला क्लब युनाईटेड र आर्सनलले यस सिजन लिगमा खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । युनाइटेड पछिल्लो खेलमा चेल्लीसँग गोल रहित बराबरी खेलेको थियो ।

लिगमा युनाइटेड ५ खेलमा ७ अङ्क जोड्दै लिगको १५ औँ स्थानमा छ । युनाइटेडको लागि फर्वाड मार्कुस रासफोर्ड मुख्य हतियार हुनेछन् । उनले च्याम्पियन लिग अन्तर्गत बुधबार भएको खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिर्दै ह्याट्रिक गरेका थिए ।

यस्तै आर्सनलपनि लिगको पछिल्लो खेलमा लेस्चर सिटिसित १-० गोलले पराजित भएको थियो । लिगमा आर्सनल ६ खेलमा ९ अङ्क जोड्दै १२ औँ स्थानमा छ । आर्सनलको लागि एलेक्सजान्द्रे लाकाजाट्टे मुख्य हतियार हुन सक्छन् । उनले लिगमा ३ गोल गरिसकेका छन् ।

दुई टोलीबिचको भएको पछिल्लो २३ खेलमा युनाइटेडले ११ खेल आफ्नो पोल्टामा पारेको छ । आर्सनलले ६ खेल जित्दा ६ खेल बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *