फ्रेन्च लिगमा पिएसजीको सहज जित

प्रज्जवल थापा । साविक विजेता पेरिस जेन्ट जर्मन(पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । शनिबार राती भएको खेलमा पिएसजीले नान्टेसलाई ३-० गोलले पराजित गर्यो ।

नान्टेसको घरेलु मैदानमा भएको खेलामा फ्रेन्च च्याम्पियनलाई जित दिलाउन एन्डर हेरेरा, कालियन एम्बाफे र पाब्लो सरबियाले समान एक गोल गरे । पिएसजीले गोलको लागि भने दोस्रो हाफ कुर्नु परेको थियो । ४७ औँ मिनेटमा एम्बाफेको पासमा एन्डर हेरेराले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

६५ औँ मिनेटमा एम्बाफेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए । ७० औँ मिनेटमा नान्टेसका काडेर बाम्बाले पेनाल्टीमा गोल गर्न चुकेपछि खेलमा फर्किने मौका गुमायो । ८८ औँ मिनेटमा पाब्लो साराबियाले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

जितसँगै पिएसजी ९ खेलना २१ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *