बैंगलोरको लगातार तेस्रो हार

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार राती भएको खेलमा बैंगलोर सनरान्जर्स हैरबादसँग ५ विकेटले पराजित भएको हो ।

सरहाज क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको बैंगलोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । बैंगलोरको लागि फिलिपे बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । फिलिपेले ३१ बलमा ४ चौकाको मद्दतमा ३२ रन जोड्दा डिभिल्लियर्सले २४ र वासिङटन सुन्दरले २१ रन जोडे । हैरबादको लागि सन्दिप शर्मा र होल्डरले २-२ विकेट लिदा नतार्जन, नदेम र रसिद खानले १-१ विकेट लिए ।

१२१ रनको विजयी लक्ष्य पछ्याएको हैरबादले १४.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेट्टायो । हैरबादको लागि ऋधिमन सहले ३२ बलमा ४ चौका र १ छक्काको मद्दतमा सार्वधिक ३९ रन जोडे । यस्तै मनिष पाण्डे र जेसन होल्डरले समान २६ रनको योगदान गरे ।

बैंगलोरको लागि युज्वेन्द्र चहालले सार्वधिक २ विकेट लिए । वासिङटन सुन्दर, नवदिप सैनी र इर्सु उडानको नाममा समान एक विकेट रह्यो । जितसँगै हैरबाद १३ खेलमा १२ अङ्क जोड्दै लिग तालिकाको चौथो स्थानमा उक्लिको छ । बैंगलोर १३ खेलमा १४ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *