हजार्डको गोलमा म्याड्रिडलाई पहिलो हाफमा अग्रता

  • 32
    Shares

प्रज्जवल थापा । स्पेनिस लिग अन्तर्गत भइरहेको खेलमा रियल म्याड्रिडले ह्युस्काविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ ।

अल्फ्रेडो डि स्टेफेनोमा भइरहेको खेलमा म्याड्रिडको लागि इडेन हजार्ड र करिम बेन्जिमाले गोल गरे । सिजको पहिलो लिग खेल खेलिरहेका हजार्डले ४० औँ मिनेटमा भाल्भार्डेको पासमा डि बक्स बाहिरबाट सुन्दर गोल गरे । हजार्डको यो सिजनको पहिलो गोल हो । यस्तै ४५ औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । उनले लुकासको पासमा गोल गरे ।


  • 32
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *