बुन्डेसलिगामा आज ५ खेल हुँदै

प्रज्जवल थापा । जर्मन लिग बुन्डेसलिगामा आज दुई ठुला क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमण्डको खेलसहित पाँच खेल हुँदै छन् ।

दिनको पहिलो खेलमा एफसी कोल्नले साविक विजेता बार्यन म्युनिखको सामना गर्नेछ । बार्यन ५ खेलमा १२ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ। यस्तै कोल्नले लिगमा अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगका पाँच खेलमा क्लोन दुईमा बराबर र ३ खेलमा हार बेहोर्दै तालिकाको १६ औँ स्थानमा छ । दुई टोलीबिचको अन्तिम १४ भेटमा १२ खेल म्युनिखले जित्दा १ खेल क्लोनले जितेको छ भने २ खेल बराबरीमा सकिएको छ ।

अर्को खेलमा अर्मिनिया बिलेफेल्डले बोरुसिया डर्टमण्डको अतिथ्य गर्नेछ । लिगमा डर्टमण्ड ५ खेलमा १२ अङ्क जोड्दै तेस्रो स्थानमा छ । अर्मिनिया ५ खेलमा ४ अङ्क जोड्दै १४ औँ स्थानमा छ । हाल लिगको शिर्ष स्थानमा रहेको लिपजिकले बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्नेछ ।

आज हुने सम्पुर्ण खेलहरु (नेपाली समय)

एफसी कोल्न विरुद्ध बार्यन म्युनिख ( बेलुकी ८:१५ बजे)

अर्मिनिया बिलेफेल्ड विरुद्ध बोरुसिया डर्टमण्ड (बेलुकी ८:१५ बजे)

अग्सबर्ग विरुद्ध मैन्ज (बेलुकी ८:१५ बजे)

फ्रान्कफुर्ट विरुद्ध वेर्डेर ब्रेमिन (बेलुकी ८:१५ बजे)

बोरुसिया मोन्चेनग्लाडबाक विरुद्ध लिपजिक (राती ११:१५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *