राष्ट्रिय फूटबल टोलीका चार खेलाडीलाई कोरोना पुष्टि

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार चार खेलाडीलाई कोरोना पुष्टि भएको जनाएको हो । कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको हो । एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन ।

बंगलादेशमा हुने मैत्रीपूर्ण खेलमा नेपाली टोलीले कात्तिक २८ र मंसिर २ गते दुई खेल खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *