दुई हजार ३ सय ६४ कोरोना संक्रमित थपिए, १७ को मृत्यु

  • 6
    Shares

काठमाडौँ । नेपालमा बिहीबार थप दुई हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७६९ स्वाव परीक्षण गर्दा  दुई हजार ३ सय ६४ जनामा संक्रमण भएको हो । यो सँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या ३८ हजार ९ सय ५२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या एक लाख २४ हजार ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट बिहीबार १७ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।

काठमाडाैँमा थपए १ हजार ६ सय १५ संक्रमित

काठमाडौँ उपत्यकामा बिहीबार थप १ हजार ६ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ३ सय ३८, ललितपुरका १ सय ८० तथा भक्तपुरका ९७ जनामा संक्रमण पुष्टि भएको हो । हाल काठमाडौँमा १६ हजार ५ सय २१, भक्तपुरमा १ हजार ७५  र ललितपुरमा २ हजार ४ सय ७० संक्रमित रहेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा हालसम्म ३ सय २८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये २०९ जना काठमाडौँका, ६१ जना भक्तपुरका र ५८ जना ललितपुरका रहेका छन् ।


  • 6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *