रोनाल्डोबिना युभेन्टस बार्सिलोनासँग पराजित

प्रज्जवल थापा । सुपरस्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्टस पराजित भएको छ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एल्लिनाज रंगशालामा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेले र लियोनल मेस्सीले गोल गरे । खेलको १४ औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै पाहुना टोली बार्सिलोनालाई खेललाई अगाडी बढाएका थिए ।

खेलको अन्तिम समयमा बेर्नार्डेस्कीले अन्सु फातीलाई पेनाल्टी क्षेत्रमा लडाएपछी पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए। रोनाल्डोको अनुपस्थितमा युभेन्टसले पोस्टमा एउटै गतिलो प्रहार गर्न सकेन । रोनाल्डोको अक्टोबर १३ मा कोरोना प्रशिक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी हाल होम आइसोलेसनमा छन् ।

समुहको अर्को खेलमा फेरेन्भारोस र ड्यानामो किभले २-२ गोलको बराबरी खेले । बार्सिलोना २ खेलमा सतप्रतिशत जित निकाल्दै शिर्ष स्थानमा छ । युभेन्टस २ खेलमा १ जित र १ हारसहित ३ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *