मुम्बईद्वारा बैंगलोर पराजित

  • 4
    Shares

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग९आइपिएल०मा मुम्बई इन्डियन्स विजयी भएको छ । बुधबार भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।

सेख जायद रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको बैंगलोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । बैंगलोरको लागि देवदत्त पडिक्कलले सार्वधिक ७४ रन बनाए । उनले ४५ बलमा १२ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर फिलिपेले २४ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३३ रन जोडे । यस्तै डिभिल्लियर्सले १५, गुर्कित सिंहले १४ र वासिङटन सुन्दरले १० रनको योगदान गरे ।

मुम्बईको लागि जस्प्रित बुम्राले ४ ओभरमा १४ रन दिदै ३ विकेट लिए । बोल्ट, राहुल चाहर र काइरन पोलार्डलेपनी १(१ विकेट लिए ।

१६५ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएर भेट्टायो । मुम्बईको लागि सुर्यकुमार यादवले ४३ बलमा १० चौका र ३ छक्काको मद्दतमा सार्वधिक ७९ रन जोडे । ओपनरद्वय इसान किसानले २५ र क्विन्टिन डिककले १८ रन जोडे । कुर्नाल पाण्ड्यले १० र हार्दिकले १७ रन जोडे ।

बैंगलोरको लागि युज्वेन्द्र चहालले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। यस्तै मोहमद सिराज ३.१ ओभरमा २८ रन खर्चेर २ विकेट लिँदा क्रिस मोरिसले १ विकेट लिए । जितसँगै मुम्बई १२ खेलमा ८ जित र ४ हारसहित १६ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत रहदा बैंगलोरपनी १२ खेलमा १४ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *