१९ सय ५४ संक्रमित थपिए, २१ सय ८१ कोरोनामुक्त

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ सय ५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यस्तै मन्त्रालयका अनुसार हाल ३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ८ हजार २४८ नमूनाको पीसीआर परीक्षण गरिएको छ । बुधबार २९ सय ८१ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

आइसीयूमा २९० जनाको र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ । बुधबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *