तीन यात्रु मात्र बाेकेर काठमाडाैँबाट आबुधावी उड्याे एअर अरेबियाकाे जहाज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना यात्रु बोकेर एक विमानले अबुधावीका लागि उडान भरेको छ ।

एयर अरेबियाको आज अपराह्न साढे २ बजेको उडान नम्बर जि–९४६ ले तीन जना यात्रु बोकेको छ । विमानमा सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी अधिकृतद्वय महेश खरेल र ताराबहादुर केसीसहित अर्का एक यात्रु मात्र थिए ।

दुबै सशस्त्र प्रहरी अधिकृत युएनअन्तर्गत मिसनमा कार्यरत छन् । विमानमा सवार प्रहरी अधिकृत खरेलले भने, “विमानमा हामी तीन जना यात्रु मात्र छौँ, तर पनि उडान भर्दा अच्चममा परेँ ।”

दशैँ र तिहारको बेलामा समेत कोरोना महामारीका कारण विमानस्थलमा अहिले सुनसानजस्तै छ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान खुलाएसँगै स्वदेश फर्किनेहरूको सङ्ख्या बढे तापनि विदेशिनेको सङ्ख्या भने न्यून छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *