दशैँ मनाउन काठमाडौँ र भातरबाट गाउँ पुगेकामा संक्रमण पुष्टि भएपछि वडा नै सील

बागलुङ । दशैँ मनाउन गाउँ आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाले पाँच दिनलाई वडा क्षेत्र सिल गरेको छ। समुदायस्तरमा कोरोना फैलिन सक्ने अनुमान गर्दै मंगलबार साँझ ७ बजेदेखि कात्तिक १५ गते राति १२ बजेसम्म लागू हुनेगरी वडा क्षेत्र सील गरेको हो ।

संक्रमण रोकथाम गर्न वडाभित्र अत्यावश्यक अवस्थमा बिरामी बोक्ने गाडी, निर्माण सामग्री, खाद्यान्न र दूधको गाडी वडा कार्यालयसँग समन्वय गरी चलाउने र अन्य सवारी साधन, मोटरसाइकल समेत चलाउने नपाइने वडाध्यक्ष यामबहादुर श्रीसले बताए । वडाभित्र पाँच जनाभन्दा बढी जमघट भई भेला हुन नपाउने अनावश्यक रुपमा आवतजावत गर्न पनि निषेध गरिएको उनले जानकारी दिए ।

दशैँ मनाउन भारत तथा राजधानी हुँदै आएका व्यक्तिलाई कोरोना देखिएको थियो । वडाध्यक्ष श्रीसले वडा कार्यालयको समन्वयबिना घरमा आएर बस्ने र परिवार तथा छिमेकमा घुलमिल हुँदा गाउँ(गाउँमा कोरोनाको त्रास बढेको उल्लेख गरे । गाउँपालिका अध्यक्ष अम्बर बहादुर थापाले समुदायमा फैलन नदिन नगरले कन्ट्याक्ट ट्रेसिङ गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *