रियल म्याड्रिडको अन्तिम समयमा बराबरी

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडले पहिलो अङ्क जोडेको छ । मंगलबार राती भएको खेलमा म्याड्रिडले बोरुसिया मोन्चेनग्लाडबाकसँग २-२ गोलको बराबरी खेलेको छ ।

बोरुसिया पार्कमा भएको खेलमा घरेलु टोलीको लागि मार्कुस थुरामले दुई गोल गर्दा रियल म्याड्रिडको लागि करिम बेन्जिम र केसिमिरोले गोल गरे । ३३ औँ मिनेटमा एलेसन प्लेयाको पासमा मार्कुस थुरामले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

५८ औँ मिनेटमा एलेसन प्लेयाको पासमा मार्कुस थुरामले व्यक्तिगत दोस्रो गोल गर्दै मोन्चेनग्लाडबाकलाई दुई गोलको अग्रता दिलाए । खेलसकिन छ मिनेटको अन्तराललाई म्याड्रिडले दुई गोल गर्दै आफ्नो हार टार्यो । ८७ औँ मिनेटमा केसिमिरोको हेडिङ पासमा करिम बेन्जिमाले गोल गर्दै पाहुना टोलीलाई २-१ को स्थितिमा ल्याए । थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा सेर्जियो रोमसको पासमा केसिमिरोले गोल गर्दै रियल म्याड्रिडलाई १ अङ्क दिलाए ।

समुहको अर्को खेलमा शख्तर डोनेटेस्क र इन्टर मिलानले गोलरहित बराबरी खेले । यससँगै शाख्तर डोनेटेस्क दुई खेलमा १ जित र १ बराबरसहित ४ अङ्क जोड्दै शिर्ष स्थानमा छ । बोरुसिया र इन्टर मिलान २ खेलमा २ बराबरसहित २ अङ्क जोड्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । रियल म्याड्रिड २ खेलमा १ बराबर र १ हारसहित १ अङ्क जोड्दै पुछारमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *