रोनाल्डोलाई पुन: कोरोना संक्रमण पुष्टि

प्रज्जवल थापा । युभेन्टसका सुपरस्टार क्रिस्ट्यानो रोनाल्डोलाई पुन कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको तेस्रो परिक्षणपनि पोजेटिभ आएपछि च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने बार्सिलोनासँगको खेल गुमाउने पक्का भएको हो । युईएफए प्रोटोकलका अनुसार खेल हुनभन्दा २४ घण्टा अगाडी खेलाडीको पिसिआर परिक्षण नेगेटिभ आए खेल्न पाउनेछ । भाइरस पुष्टि भएपनी उनलाई कुनै लक्षण देखिएको छैन । अहिले रोनाल्डो सेल्फ आइसोलेसनमा बसिराखेका छन् ।

यसअघि अक्टोबर २२ मा गरिएको दोस्रो परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो । ३५ वर्षिय पोर्चुगिज फर्वार्ड रोनाल्डोको अक्टोबर १३ मा कोरोना प्रशिक्षण रिपोर्ट पोजेटिभ आएपछि स्विडेनविरुद्धको खेल गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *