पन्जावको लगातार पाँचौँ जित

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पन्जावले पाँचौँ जित निकालेको छ । सोमबार भएको खेलमा पन्जावले कलकतालाई ८ विकेटले पराजित गरेको हो ।

सरहाह क्रिकेट मैदानमा भएको खेलमा पंन्जावले टस जितेर कलकतालाई ब्याटिङको निम्तो दिएको थियो । कलकताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । कलकताका लागि शुभ्मन गिल र मोर्गान बाहेक अन्य ब्याट्सम्यान राम्रो प्रदर्शन गर्न सकेनन् । शुभ्मन गिलले ४५ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ५७ रन बनाए । यस्तै कप्तान मोर्गानले २५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४० रन बनाउदा लकि फेर्गुसनले २४ रन जोडे ।

पन्जावको लागि मोहमद सामीले ४ ओभरमा ३५ रन दिएर ३ विकेट लिए । क्रिस जोर्डान र रवि विश्वनीले समान दई विकेट लिदाँ म्याक्सवेल र मुर्गान अश्विनले १(१ विकेट लिए ।

१५० रनको विजयी लक्ष्य पछ्याएको पंन्जावले १८.५ ओभरमा २ विकेट गुमाएर १५० रन बनाएर भेट्टायो । पन्जावको लागि मन्दीप सिंहले ५६ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६६ रन बनाए । क्रिस गेलले २९ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ५१ रन जोड्दा कप्तान राहुलले २८ रन जोडे ।

कलकताको लागि वरुन चक्रवर्ती र लकि फर्गुसनले १(१ विकेट लिए । जितसहित पंन्जाव १२ खेलमा ६ जित र ६ हारसहित १२ अङकको साथ लिगको चौथो स्थानमा उक्लिएको छ । कलकता १२ खेलमा ६ जित र ६ हारसहित १२ अङकको साथ पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *