भारतीय सेनाध्यक्ष नरावणेकाे नेपाल भ्रमण तालिका, एजेण्डा तय

  • 23
    Shares

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको मिति टुंगो लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जनरल नरावणे तीन दिने भ्रमणका लागि यहीँ कात्तिक १९ काठमाडौँ आउने र २१ गते फर्किने तालिका तय भएको भारतीय सरकारी समाचार संस्था पीटिआईलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।

नेपाल सरकारले २०७६ माघ २० गते भ्रमणको निर्णय गरेको भए पनि लकडाउनको कारण देखाउँदै सेनाध्यक्ष नरावणेको भ्रमण भारतीय पक्षले स्थगित गरेको थियो ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरावणेले नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने कार्यतालिका छ । यो परम्परा सन् १९५० देखि चल्दै आएको छ । नेपालका प्रधानसेनापतिले पनि भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको दर्जा ग्रहण गर्छन् ।

सेनापति नियुक्त भएको ६ महिनाभित्र अर्काे देशको भ्रमण गरी मानार्थ सेनाध्यक्षको दर्जा ग्रहण गर्ने परम्परा भए पनि सीमा विवादमा खरो रुपमा उत्रिएका नरावणे नेपाल आउन अनिच्छुक रहदैँआएका छन् । यद्यपि भारतीय अधिकारीले सेनाध्यक्षको नेपाल भ्रमणका क्रममा सीमा विवाद र क्षेत्रीय सुरक्षा चुनौतीबारे छलफल हुने बताएका छन् । उनको भ्रमणले सीमामा देखिएको विवादपछि हिमालयन राष्ट्रसँगको सम्बन्धलाई पुनःस्थापना गर्ने सम्बन्धमा महत्वपूर्ण कूटनीतिक सुरुवात हुने पनि अधिकारीहरुको अपेक्षा छ।

नरावणेले समकक्षी जनरल पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष नागरिक र सैन्य अधिकारीहरुसँग १८ सय किलोमिटर लामो सीमासहित दुई देशबीच देखिएका महत्वपूर्ण मुद्दाहरुमा विस्तृत वार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ । वार्तामा सीमा व्यवस्थापनमा जोड दिइने बताइएको छ ।

उच्च सरकारी अधिकारीले पीटिआईसँग भने, “सेना प्रमुखले ४ देखि ६ नोभेम्बरसम्म नेपाल भ्रमण गर्ने तय भएको छ । भ्रमणको उद्देश्य रक्षा र सुरक्षा लगायत समग्र सम्बन्धलाई अझ सुदृढ पार्ने हो ।”

कालापानी, लिपुलेक र लिम्पियाधुरामा विवादमा तानिएका नरवाणेकाे पृष्ठभूमी

भारतबाट नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराहुँदै चीनको कैलाश मानसरोवर जोड्ने बाटोको उद्घाटन कार्यक्रममा भाग लिएर फर्किएपछि उनले बाटो बनाइएको उक्त भु-भाग भारतको भएको दाबी गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपत्र भएकाले सेनाको तेस्रो वरियताबाट वरिष्ठहरुलाई उछिनेर नरभाने सीधै प्रधानसेनापति हुन सफल भएका थिए । उनी सेनापति भएपछि लामाे सयम दुई देशका सेनापतिहरुबीच आपसी संवाद हुन सकेकाे थिएन ।

सन् १९६० अप्रिल २२ मा जन्मिएका सेनापति नरभानेले यसअघि कमाण्डरको रुपमा संवदेनशील मानिएको जम्मुकश्मिर, आसामजस्ता युद्धरत क्षेत्रमा समेत नेतृत्व गरेका छन । उनले श्रीलंकाको द्वन्द्व अन्त्य गर्ने समयमा भारतको तर्फबाट अति महत्त्वपुर्ण मानिएको सुरक्षाको जिम्मेवारीसमेत पाएका थिए । पछिल्लो पटक जम्मु कश्मिरमा संकटकाल घोषणा गर्दा उनले त्यहाँको सुरक्षाको नेतृत्व सम्हालेका थिए । कडा मिजासका नरभाने नेपालप्रति अनुदारवादी व्यक्तिका रुपमा चिनिन्छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी देशको प्रयास विमस्टेक सैन्य अभ्यासमा नेपाल सहभागी नभएपछि भारतीय पक्ष रुष्टहुँदै आइरहेको छ । त्यसैको प्रतिक्रियास्वरुप सेनापति नरभाने नेपालसँग अझ बढी चिढिएका थिए । फलस्वरुप नरभानेले सेनाप्रमुखको पद सम्हालेपछि दुई देशका सेनापतिहरुका बीच यसअघि नियमियत हुँदैआएको सम्वादसमेत पातलिएको थियाे ।

यो पनि पढ्रनुहोस,

नेपाली सेनाको मानार्थ सेनापतिको उपाधि लिन भारतीय सेनाध्यक्ष नरभाने अनिच्छुक

 


  • 23
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *