चिनियाँ राजदूत हौले दशैँको शुभकामना दिँदै गाइन् “रेशम फिरिरि” (भिडियाेसहित)

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले विजयादशमीको शुभकामना दिएकी छिन् । विदेशीहरुमाझ चर्चित नेपाली गीत “रेशम फिरिरी” गाएको गीतको भिडियो ट्वीटरमा राखेर उनले नेपालीहरूलाई शुभकामना दिएकी हुन् ।

“मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्‍यौं र अन्तमा हामी गाउन सफल भएका छौँ,” राजदूत हौले भनिन्, “यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् ।”

एक मिनेट २८ सेकेन्डको उक्त भिडियोमा उनीसहित दूताबासका कर्मचारीको सामूहिक स्वार पनि समावेश छ । भिडियाेमा नेपालका साँस्कृतिक तथा पर्यटकीय एवम् विश्व सम्पदा सूचिमा सुचिकृत सम्पदाहरुका फोटो समावेश गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *