राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री ओलीलाई टीका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडादशैँको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका र जमराको मालासमेत लगाइदिएकी थिइन् ।

प्रधानमन्त्री ओलीका साथ धर्मपत्नी राधिका शाक्यले पनि राष्ट्रपति भण्डारीबाट टीका तथा जमरा ग्रहण गरेकी थिइन् ।

फाेटाेः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाे ट्वीटरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *