यसपालीको दशैँ घर-डेरामा सिमित गर्ने कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस वर्षको बडा दसैंलाई घर-डेरामै सीमित गर्न आग्रह गरेका छन् ।

बिजयादशमीको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले घरडेरामा मात्रै सीमित रहेर दशैँ मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका हुन् ।पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न देउवाको आग्रह छ ।

कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि उनले सुझाब दिएका छन् ।

देउवाको शुभकामना सन्देशमा विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको उल्लेख गरिएको छ ।

देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा दशैँको अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *