लेस्चरद्वारा आर्सनल पराजित

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा लेस्चर सिटि विजयी भएको छ । आइतबार राती भएको खेलमा लेस्चरले आर्सनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

इमिरेट्स रंगशालामा भएको खेलमा लेस्चरको लागि जेमि भार्डीले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको ८० औ मिनेटमा सिन्गेज अन्डरको पासमा जेमी भार्डीले गोल गर्दै लेस्चर सिटिलाई जित दिलाए । उनी ६० औँ मिनेटमा डेनिस प्रेटको स्थानमा मैदान छिरेका थिए ।

जितसँगै लेस्चर सिटि ६ खेलमा ४ जित र २ हारसहित १२ अङ्कको साथ चौथो स्थानमा उक्लिएको छ । लिगकै अन्य खेलमा साउथह्यापटले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको छ । वोल्भ्स र न्युकेस्चल युनाइटेडले भने बराबरी खेले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *