एभर्टन साउथह्याप्टनसँग स्तब्ध

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा एभर्टन साउथह्याप्टनसँग स्तब्ध भएको छ। आइतबार बेलुकी भएको खेलमा एभर्टन २-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा साउथह्याप्टनलाई जित दिलाउन जेम्स वार्ड प्रोसे र चे एडम्सले गोल गरे । दुवै गोल पहिलो हाफमा नै भएको थियो । खेलको २७ औँ मिनेटमा ड्यानी इङ्सको पासमा जेम्स वार्ड प्रोसेले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

३५ औँ मिनेटमा इङ्सकै पासमा चे एडम्सले गोल गर्दै साउथह्याप्टनको अग्रता दोब्बर बनाए । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि एभर्टन विजयी भएको थियो । जितसँगै साउथह्याप्टन ६ खेलमा ३ जित, १ बराबर र २ हारसहित १० अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । एभर्टन भने ६ खेलमा ४ जित, १ बराबर र १ हारसहित १३ अङ्कको साथमा लिगको शिर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *