चेन्नाईद्वारा बैंगलोर पराजित


प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किङसले चौँथो जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा चेन्नाईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको बैंगलोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४५ रन बनायो । बैंगलोरको लागि कप्तान विराट कोइलीले ४३ बलमा १ चौका र १ छक्काको मद्दतमा सार्वधिक ५० रन बनाए । डि भिल्लियर्सले ३६ बलमा ४ चौकाको सहयोगमा ३९ रन बनाउदा देवदत्त पडिक्कलले २२ र एरोन फिन्चले १५ रनको योगदान गरे ।

चेन्नाईको लागि साम कुरानले ३ ओभर बलिङ गर्दै १९ रन दिएर ३ विकेट लिए । यस्तै दिपक चहारले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिदा सान्टनेरले १ विकेट लिए ।

१४६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले १८.४ ओभरमा २ विकेटको क्षतिमा १५० रन बनाएर भेट्टायो । चेन्नाईको लागि रुतुराज गैक्वाडले ५१ बलमा ६५ रन जोड्दैँ चेन्नाईलाई महत्त्वपूर्ण जित दिलाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । अम्बती रायडुले २७ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३९ रन बनाए । यस्तै फाफ डुप्लेसीले २५ र महेन्द्र सिंह धोनीले १९ रनको योगदान गरे ।

बैंगलोरको लागि क्रिस मोरिस र युज्वेन्द्र चहालले १ १ विकेट लिए । जितसँगै चेन्नाई १२ खेलमा ४ जित र ८ हारसहित ८ अङ्क जोड्दै लिगको सातौँ स्थानमा उक्लिएको छ । बैंगलोर ११ खेलमा ७ जित र ४ हारसहित १४ अङ्क जोड्दै तालिकको तेस्रो स्थानमा यथावत छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *