पछिल्लो २४ घण्टामा २८५६ कोरोना संक्रमित थपिए, २८४६ जना निकाे भए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ रहेको छ ।

त्यस्तै २४ घण्टामा २ हजार ८ सय ४६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ८ हजार ३ सय ३४ संख्या पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८ सय ६२ नमुना परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३ सय २२ रहेकाे छ ।

काठमाडाैँमा १ हजार ५ सय ३५ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय २५, ललितपुरमा १ सय ४७ र भक्तपुरमा १ सय ६३ जनालाई  कोरोना संक्रमण देखिएको छ ।

योसँगै हालसम्म काठमाडौंमा ५६ हजार ३ सय २, ललितपुरमा ७ हजार ८ सय ८३ र भक्तपुरमा ५ हजार ३ सय १३ जनालाई संक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *