कांग्रेसद्वारा चियापान तथा शुभकामना आदान-प्रदान रद्द

काठमाडौँ । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको दशैँ, तिहार र छटको शुभकामना आदान-प्रदान तथा चियापान समारोह यस वर्ष रद्द गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण यस वर्ष वर्ष उक्त कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

२०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ बीपी कोइराला स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्दै आएको थियो ।

तर हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमण महामारीका कारण यस वर्षको कोजाग्रत पूर्णिमाको दिनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेसले जनाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीका कारण यस वर्षकोे कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *