- 2Shares
काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आक्रमणका घाइते भएका कैयौँलाई अस्पताल लगिदैछ भने ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।
इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक पोस्टमा आक्रमणको जिम्मा लिएको सन्देश दिएको छ । यसअघि तालिबानले आफू घटनामा सामेल नभएको बताएको थियो ।
आक्रमणपछि गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले एक विज्ञप्ति निकाल्दै एक आत्मघाती आक्रमणकारीले शिक्षा केन्द्रको भवनभित्र पस्ने कोसिस गरि सुरक्षाकर्मीहरुले उनको पहिचान गरेपछि उनले ढोकामा नै विस्फोट गराएको बताएका छन् ।
- 2Shares