USAID

रियल म्याड्रिडको बार्सिलोनामाथी सनदार जित

  • 43
    Shares

 

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले बार्सिलोनामाथी सनदार जित दर्ता गरेको छ । शनिबार बेलुकी भएको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन भालभार्डे, सेर्जियो रोमस र लुका मोड्रिचले गोल गरे । बार्सिलोनाको लागि अन्सु फातीले गरेको गोल सान्त्वनामा सिमित भयो । खेलमा सुरुवाती अग्रता रियल म्याड्रिडले लिएको थियो ।

खेलको पाँचौ मिनेटमा बेन्जिमाको पासमा भालभार्डेले गोल गर्दै रियल म्याड्रिडलाई खेलमा अगाडी बढाएका थिए। तर त्यस्को तीन मिनेट बित्न नपाउदै युवा खेलाडी अन्सु फातीले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

२४ औँ मिनेटमा मेस्सीले हानेको बल म्याड्रिडका गोलकिप्पर कर्टियसले उत्कृष्ट बचाउ गरे । लगत्तै म्याड्रिडका बेन्जिमाले क्रुसको पासमा गरेको प्रहार नेटोले बचाउ गरेपछि रियलले खेलमा अग्रता लिने मौका गुमायो ।

खेलको ६३ औँ मिनेटमा बार्सिलोनाका लेन्गेल्टले पेनाल्टी क्षेत्रमा सेर्जियो रोमसलाई तानेपछी पाएको पेनाल्टीमा रोसम आफैले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाए । यस्तै खेलको अन्तिम मिनेटमा रोड्रिगोको पासमा लुका मोड्रिचले गोल गर्दै म्याड्रिडको जित सुनिश्चित गरे ।

जितसँगै रियल म्याड्रिड ६ खेलमा ४ जित, १ बराबर र १ हारसहित १३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना ५ खेलमा २ जित, १ बराबर र २ हारसहित ७ अङ्क जोड्दै दसौँ स्थानमा छ ।


  • 43
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *