लिभरपुललाई सेफिल्ड युनाइटेडको चुनौती

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज साविक विजेता लिभरपुल र सेफिल्ड युनाइटेड भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

एन्फिल्डमा हुने खेलमा लिभरपुल खेल जित्दै शिर्ष स्थानमा उक्लिन चाहन्छ । सेफिल्डले आफ्नो पछिल्लो ५ खेलमा जित निकाल्न सकेको छैन । लिगको ५ खेलमा ४ मा हार र १ खेल बराबरी खेलेको सेफिल्ड १ अङ्क जोड्दै लिगको पुछारबाट दोस्रो स्थानमा छ ।

लिभरपुलले पनि लिगमा सोचे अनुरुप शुरुवात गर्न सकेको छैन । लिगको ५ खेलमा ३ जित, १ बराबर र १ हार बेहोरेको लिभरपुल १० अङ्क जोड्दै लिगको चौथो स्थानमा छ। दुई टोलि बिच भएको पछिल्लो दुई खेलमा लिभरपुल विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *