दुर्गा बिरहीको ‘ओई मोया’

पछिल्लो समय गीत संगीतका क्षेत्रमा चर्चाको शिखरमा पुगेको एउटा नाम हो दुर्गा बिरही । नेपाली सांगीतिक क्षेत्रमा धेरै पहिलादेखि लागिरहेका बिरहीले कोरोना कहरका बावजुद पनि थुप्रै गीतहरु बजारमा ल्याउन सफल भएका छन् ।

यसैबीच, लोकप्रिय गायिका मेनुका परियार र दुर्गा बिरहीको सुमधुर स्वरमा अत्यन्तै मार्मिक गीत “ओई मोया ” सार्वजनिक भएको छ । आत्माविश्वास फिल्मस प्रा.लि को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा शब्द तथा लय पनि बिरहीकै रहेको छ भने संगीत संयोजन पदम बिसीले गरेका छन् ।

प्रकाश खड्काको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको गीतमा टीका सानु, अर्जुन बिकको अभिनय रहेको छ । यस गीतको भिडियो निर्देशन बिरही आफैंले गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *