रियल म्याड्रिड काडिजसँग स्तब्ध

  • 4
    Shares

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडसँग स्तब्ध भएको छ । शनिबार भएको खेलमा म्याड्रिड काडिजसँग १-० गोल अन्तरले पराजित भयो । एल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा म्याड्रिडलाई स्तब्ध बनाउन एन्थोनी लोसानोले गोल गरे । उनले खेलको १६औं मिनेटमा अल्भेरो नेग्रेडोको पासमा गरेको गोल नै काडिजको जितमा निर्णायक बन्यो ।

यससँगै रियलले एल्फ्रेडो डि स्टेफेनो मैदानमा पहिलो हार बेहोरेको छ । हारसँगै रियल म्याड्रिड गोल अन्तरको आधरमा शीर्ष स्थानमा यथावत छ । पहिलो खेलमा रियल सोसिडाडसित बराबरी खेलेको म्याड्रिड त्यसपछिको तीन खेल जितेको थियो।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *