शिखर धवनको सतकमा दिल्ली विजयी

प्रज्जवल थापा । ओपनर शिखर धवनले सतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आइपिएल) मा दिल्ली क्यापिटल्स विजयी भएको छ । शनिबार भएको खेलमा दिल्लीले चेन्नाइ सुपर किङ्सलाई ५ विकेटले पराजित गर्यो ।

टस जितेर ब्याटिङ गर्न उत्रिएको चेन्नाईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । ओपनर साम कुरानलाई शून्य रनमा गुमाएको चेन्नाईको लागि अर्का ओपनर फाफ डुप्लेसीले अर्धसतक पूरा गरे ।

उनले ४७ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५८ रन जोडे । सेन वाट्सनले २८ बलमा ६ चौकाको सहयोगमा ३६ रन बनाए । अम्बती रायडुले २५ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४५ रन जोडे । कप्तान धोनी ३ रनमा आउट हुदा रविन्द्र जडेजाले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ४ छक्काको मद्दतमा ३३ रन बनाए । दिल्लीका लागि नोर्तिजेले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए ।

यस्तै तुसार देशपान्डे र रबडाले १ -१ विकेट लिए । १८० रनको विजय लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएर लक्ष्य भेट्टायो । दिल्लीका लागि ओपनर शिखर धवनले सनदार ब्याटिङ गर्दै सतक पूरा गरे ।

उनले ५८ बलमा १४ चौका र १ छक्का सहित १०१ रन बनाए । पृथ्व सहले खाता खोल्न नसकी दिपक चहारको बलमा आउट हुदा अजिङ्जे रहाणे ८ रनमा पभिलियन फर्किए। कप्तान श्रेयस आयरले २३ रन जोडे ।

उनले २३ बलमा १ छका र १ चौका प्रहार गरे। मार्कुस स्टोनिस १४ बलमा २४ रन जोडे। उनले २ छक्का र १ चौका प्रहार गरे । यस्तै एलेक्स केरि ४ रनमा आउट हुँदा अक्सर पटेल २१ बलमा नटआउट रहे ।

चेन्नाईको लागि दीपक चाहरले ४ ओभरमा १ मेडन राख्दै १८ रन दिएर २ विकेट लिए । यस्तै साम कुरान, शार्धुल ठाकुर र डावेन ब्राभोको नाममा १-१ विकेट रह्यो। जितसँगै दिल्ली ९ खेलमा ७ जित र २ हार बेहोर्दै १४ अङ्कको साथ शीर्ष स्थानमा उक्लिएको छ भने चेन्नाई ९ खेलमा ३ जित र ६ हारसहित ६ अङ्क जोड्दै छैटौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *