एभर्टन र लिभरपुलको बराबरी

  • 2
    Shares

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा एभर्टन र लिभरपुलले बराबरी खेलेका छन् । शनिबार भएको रोमान्चक खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

एभर्टनको मैदान गुडसन पार्कमा भएको खेलमा एभर्टनको लागि माइकल किन र डोमिनिक काल्भर्ट लेविनले गोल गर्दा लिभरपुलको लागि साडियो माने र मोहम्मद सलाहले गोल गरे । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो ।

खेलको तेस्रो मिनेटमा एन्ड्रु रोबर्ट्सनको पासमा साडियो मानेले गोल गर्दै पाहुला टोलीलाई अगाडि बढाएका थिए । १९ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए । उनलाई हमेस रोड्रिग्वेजको पास उपलब्ध गराएका थिए ।

खेलको ७२ औं मिनेटमा लिभरपुलले मोहम्मद सलाहको गोलमा अग्रता लियो । एभर्टनका डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बललाई उनले पोस्टको दिशा दिएका थिए ।

खेलको ८१ औं मिनेटमा लुकास डिग्नेको पासमा डोमिनिक कार्भेट लेविनले गोल गर्दै घरेलु टोलीलाई २-२ को बराबरीमा ल्याए। थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि दुवै टोलीले अङ्क बाँडे । बराबरीसँगै एभर्टन लिगमा १३ अङ्कको साथ लिगको शीर्ष स्थानमा छ भने १० अङ्क जोडेको लिभरपुल लिगको दोस्रो स्थानमा छ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *