आज रियल म्याड्रिड र काडिज भिड्दै

  • 16
    Shares

प्रज्जवल थापा । स्पेनिस लिग लालिगामा आज साबिक विजेता रियल म्याड्रिड र काडिज भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ ।

अल्फ्रेडो डि स्टेफेनोमा हुने खेलमा दुवै टोली जितको लागि खेल्नेछन् । रियल म्याड्रिड अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा अहिलेसम्म पराजित भएको छैन । रियल म्याड्रिड ४ खेलमा ३ जित र १ बराबरीसहित १० अङकको साथ पहिलो स्थानमा छ । काडिज ५ खेलमा २ जित २ हार र १ बराबरी सहित ७ अङ्क जोड्दै नवौं स्थानमा छ ।

दुई टोलीबिचको अन्तिम भेटमा रियल म्याड्रिडले जित दर्ता गरेको थियो । सन् २०१५ मा कोपा डेल अन्तर्गत भएको खेलमा म्याड्रिड ३-१ गोलले विजयी भएको थियो।
लिगको अन्य खेल
ग्रानाडा विरुद्ध सेभिल्ला (४ः४५ बजे)
सेल्टा भिगो विरुद्ध एथलेटिको म्याड्रिड (७ः४५ बजे)


  • 16
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *