विष्णु गैरेको ‘आउँछु भन्थें’ (भिडियोसहित)

विजया दशमीलाई लक्षित गरी गीतकार विष्णु गैरेको दशैं गीत सार्वजनिक भएको छ । हरि लम्सालको शब्दसंगीत र आवाजमा रहेको दशैं गीत ‘आउँछु भन्थें’ सार्वजनिक भएको हो।

भाइब्रेसन मिडियाको युट्व्युबमार्फत सार्वजनिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने छायाँङ्कन बुद्ध थापा एण्ड टिम र रमेश थापाको रहेको छ । भिडियो सम्पादन विकाश दाहालको रहेको छ ।

भिडियोमा पछिल्लो समय चर्चामा रहेका जिबी चिरन अर्थात् चिरन्जीवी सापकोटा, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ । नेपाली युवाहरुको परदेश जानुपर्ने बाध्यता, त्यहाँ जानुअघि राखिने सोच, त्यहाँ पुगेपछिको अवस्था र घरपरिवारसँग टाढिँदाको पीडालाई गीतले व्यक्त गरेको देखिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *