कलकताद्वारा चेन्नाई पराजित

  • 3
    Shares

प्रज्जवल थापा ।

राहुल त्रिपाठीको सनदार ब्याटिङको मद्दतमा इन्डियन प्रिमियर लिग(आईपिएल) मा कलकता नाइट राईडर्स विजयी भएको छ । बुधबार भएको खेलमा राइडर्सले चेन्नाई सुपर किङ्सलाई १० रनले पराजित गरेको हो । सेख जायद रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको कलकताले २० ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो।

कलकताको लागि राहुल त्रिपाठी बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर त्रिपाठीले ५१ बलमा ८१ रनको योगदान दिए। उनले ८ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर शुभ्मन गिल ११ रन बनाएर पभिलियन फर्किए । नितेस राना ९ रन जोडेर करन शर्माको बलमा आउट भए ।

नरायन ९ बलमा १७ रन जोडेर आउट भए। उनले १ चौका र १ छक्का प्रहार गरे। मोर्गान ७ रनमा साम कुरानको बलमा आउट भएम रसेल २ रन जोडेर आउट हुँदा कप्तान दिनेश कार्तिक १२ रन जोडेर आउट भए । प्याट कमिङ्सले १७ रन जोड्दा नगरकोटी र शिभम मभीले खाता खोल्न सकेनन्।

चेन्नाईको लागि डिजे ब्राभोले ४ ओभरमा ३७ रन दिदै सार्वधिक ३ विकेट लिए। साम कुरानले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट लिए। शार्धुल ठाकुरले ४ ओभरमा २८ रन दिएर २ विकेट दिए। कर्न शर्माले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

१६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले पूरा २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो। ओपनर सेन आउट्सनले अर्धसतक पूरा गरेपनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ४० बलमा ६ चौका र १ छक्काको मद्दतमा ५० रन जोडेका थिए। फाफ डुप्लेसी १० बलमा १७ रन जोडेर आउट भए।

उनले ३ चौका प्रहार गरे। यस्तै अम्बती रायडु २७ बलमा ३ चौकाको मद्दतमा ३० रन बनाएर आउट भए। धोनीले ११, सान कुरानले १७, केदार ज्यादवले ७ र रवीन्द्र जडेजाले २१ रन जोडेपनी चेन्नाईलाई जित दिलाउन सकेनन्।
सिभम माभीले ३ ओभर बलिङ गर्दै ३२ रन दिएर १ विकेट लिए।

यस्तै बरुन चर्कभर्ती, कम्लेश नगरकोटी, सुनिल नरायण र आन्द्रे रसेलले समान १-१ विकेट लिए। आज हुने खेलमा सनराइज हैराबादले किङ्स ११ पंन्जावको सामना गर्नेछ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *