दक्षिण कोरियामा १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने कानुन निर्माण हुदै

दक्षिण कोरियामा गर्भपतनसम्बन्धी कानुन ल्याइने कानुन मन्त्रालयले जानकारी छ । मन्त्रालयका अनुसार महिलालाई १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा हुन लागेको हो ।

यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन । उनीहरुमा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा त्यस्ता महिलाको मात्र गर्भपतन हुने कानुनी प्रावधान हाल कायम रहेको छ ।

तर पनि महिला अधिकारवादीहरुले महिलाले चाहेमा गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग गर्दै आएका थिए । सोही पक्षमा दक्षिण कोरियाको सर्वाेच्च अदालतले पनि फैसला गरेको थियो ।सर्वाेच्च अदालतको फैसला बमोजिम नै महिलाले चाहेमा आफ्नै निर्णय अनुसार नै गर्भपतन गराउन सक्ने गरी कानुन बनाउन आदेश दिएको थियो ।

सन् २०१९ को अप्रिल महिनामा यहाँको संविैधानिक अदालतले महिलाले चाहेमा १४ हप्तासम्मको गर्भ पनि पतन गराउन पाउने गरी सन् २०२० भित्रै कानुन बनाउनु भनेको थियो । सोही बमोजिम नै सरकारले यस्तो कानुनको मस्यौदा गरिरहेको जानकारी दक्षिण कोरियाको कानुन मन्त्रालयले दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *