खानेपानी संस्थान बुटवलका प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • 4
    Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जना विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाह विरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ । आयोगले साह विरुद्ध कूल २२ लाख रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।

आयोगले अनिता निर्माण सेवाका सञ्चालक शान्ति राना, सन्तोष साहका बाबु नारायण साह सुडीलगायत विभिन्न निर्माण व्यवसायी कम्पनी र व्यवसायीले गलत कामलाई प्रश्रय दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *