जाजरकोटमा जीप दुर्घटना : वडाध्यक्षसहित पाँच जनाको मृत्यु

  • 3
    Shares

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडाध्यक्ष अम्मर बहादुर शाही सहित जुनीचाँदे–१ का अन्दाजी ६५ वर्षीय बुद्धि बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत र ३० वर्षीय खिम बहादुर शाही रहेको प्रहरीले जनाएको छ। जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *